दफा १२
तथ्याङ्क प्रशोधन, भण्डारण तथा वितरण
(१) तथ्याङ्क सङ्कलन गर्ने निकाय वा संस्थाले निश्चित समय सीमामा रही तथ्याङ्क प्रशोधन गर्नु पर्नेछ। तथ्याङ्क प्रशोधन गर्दा गणना तथा सर्वेक्षणका परिभाषित विधि, प्रक्रिया र स्वचालित वा नवीनतम प्रणालीको अवलम्बन गर्नु पर्नेछ।
(२) तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्क भण्डारण गर्दा निश्चित मानक र समकालीन तरिकाँ अवलम्बन गरी सहजै प्रसारण गर्न सकिने गरी र लामो समयसम्म नष्ट नहुने गरी भण्डारण गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम तथ्याङ्क भण्डारण गर्दा तथ्याङ्गीय उद्देश्य प्राप्त भएपछि व्यक्तिगत पहिचान खुल्ने विवरणहरू हटाई भण्डारण गर्नु पर्नेछ।
(४) यस ऐन बमोजिम सङ्कलन भएको तथ्याङ्क प्रयोग र वितरण गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) प्रचलित कानूनमा उल्लेख गरिएको बाहेक गणना, सर्वेक्षण वा प्रशासनिक अभिलेखबाट प्राप्त तथ्याङ्क पूर्णरूपमा तथ्याङ्गीय कार्यमा मात्र प्रयोग गरिने,
(ख) प्रयोगकर्ताले लिखितरूपमा माग गरेमा मात्र सुक्ष्म कोरा तथ्याङ्क उपलब्ध गराउन.सकिने, स्पष्टीकरण: यस दफा र दफा १८ को उपदफा (१) को प्रयोजनको लागि "सुक्ष्म कोरा तथ्याङ्क" भन्नाले सूचनादाताको पहिचान नखुल्ने गरी तयार गरिएको सूचनादाताबाट प्राप्त विवरण सम्झनु पर्छ।
(ग) खण्ड (ख) बमोजिम, सुक्ष्म कोरा तथ्याङ्क उपलब्ध गराउँदा . तोकिए. बमोजिमको शर्त पालना गर्ने गरी उपलब्ध गराइने,
(घ) सबै प्रकारका तथ्याङ्क प्रयोगकर्तालाई पहुँचयोग्य हुनु पर्ने, र
(ङ) तथ्याङ्क प्रयोगकर्ताले तथ्याङ्कको स्रोत अनिवार्यरूपमा उल्लेख गर्नु पर्ने ।
(५) उपदफा (४). को खण्ड (ख) र (ग) बमोजिम गणनाको सुक्ष्म कोरा तथ्याङ्क उपलब्ध गराउँदा आंशिकरूपमा मात्र उपलब्ध गराउन सकिनेछ।
(६) कार्यालयले तथ्याङ्क प्रयोगकर्तालाई तोकिए बमोजिमको तथ्याङ्क उपलब्ध गराउँदा सोको लागतको आधारमा तोकिए बमोजिमको दस्तुर लिई उपलब्ध गराउनु पर्नेछ।